सत्ता लोभ र जातीय विभेदको कथा ‘प्रसाद २’: कलाकार अर्पण थापा
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
पाेखरा | बैशाख १५, २०८०
पोखरा: आजबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् ।
बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको बताएका हुन् ।

‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ ।’, उनले भने ।
कलाकार थापाले चलचित्रमा कन्टेन्ट नै हिरो हुनुपर्ने धारणा राखेका छन् । फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भनाई उनको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै कन्टेन्ट राम्रो भए नेपाली चलचित्र क्षेत्रको विकास र स्तरउन्नतिमा सुधार हुँदै जाने उनले बताए ।
चलचित्र पत्रकार संघ कास्कीको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनीले काठमाडौं भन्दा बाहिर मोफसलमा विषयगत पत्रकारिता गर्न सकस रहेको उल्लेख गरिन् । विषयगत पत्रकारितामा अप्ठ्यारो स्थिति हुँदाहुँदै चलचित्र पत्रकार संघ कास्कीको सक्रियता भने प्रशंसनिय रहेको भनाई उनको छ ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराए । उनले पोखरामा चलचित्र सम्बन्धि गतिविधि बढ्दै गएको र संस्थाले उक्त गतिवधिलाई बढाउन उल्लेखनिय काम गर्दै आएको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको नयाँ नेतृत्व आइसकेपछि क्रियाशिलता बढ्दै गएको उल्लेख गरे । एक पछि अर्को कार्यक्रम गरी पोखरामा मनोरञ्जन सम्बन्धि गतिविधिलाई संघले बढ्वा दिएको भनाई उनको छ । उनले नेपाली चलचित्रले समाजको कथावस्तुलाई मसिनो गरि केलाई त्यसको उजागर गर्न तर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको भित्तेपात्रो विमोचन कार्यक्रम संघका उपाध्यक्ष अर्पण तिवारीको संयोजनमा भएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

